
सुर्खेत । नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथि कुटपिट गरेका छन् ।
कार्यालय समयमा, कार्यकक्षमै सव इन्जिनियर दिपक शाहमाथि कुटपिट गरेका हुन् । गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघि शाहीले कुटपिट गरेको शाहको आरोप छ ।
प्राविधिकमाथि कुटपिट हुँदा पनि अध्यक्ष बाँठा मुखदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् । कर्मचारीमाथि कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ ।
उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ । आफूमाथि कुटपिट भएपछि पीडित शाहले कारबाहीका लागि निवेदन दिएका छन् ।
आफूले गरेको कामको मूंल्याकन नगरिदिएको भन्दै प्राविधिक शाहमाथि शाहीले कुटपिट गरेको अरु कर्मचारीले बताएका छन् ।