भाेलिदेखि काठमाडाैं महानगरकाे फाेहाेर उठ्ने

काठमाडाैं । केही दिनदेखि रोकिएको फोहोर काठमाडाैं महानगरपालिकाले भोलिदेखि उठाउने भएको छ ।

महानगरपालिकाले बुधबार एक सूचना निकालेर भोली बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गरिने भएकाले पायक पर्ने ठाउँमा फोहोर संकलन गरेर राख्न नागरिकलाई अनुरोध गरेको छ ।

बञ्चरेडाँडासम्म फोहोर लैजाने सडक निर्माणको काम आजसम्ममा सकिने भएकाले भोलिदेखि फोहोर उठाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ ।

केही दिन अघि महानगरले एक हप्तासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो । आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, सडक र गल्लीलाई फोहोर हुन रोकेर सफा र स्वच्छ राखेकामा महानगरबासीलाई काठमाण्डौ महानगरले धन्यवादसमेत दिएको छ ।

आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१