उड्नासाथ इन्जिनमा समस्या आएपछि यतिको विमान पाेखरामा आकस्मिक अवतरण

काठमाडाैं । शुक्रबार बिहान पोखराबाट ४५ यात्रु बोकेर काठमाडौंतर्फ उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरेको छ ।

८ : ५४ मा उडेको एटीआर ७२ जहाजको इन्जिनमा समस्या आएपछि ९ बजे पोखरा विमानस्थल फर्किएर आकस्मिक अवतरण गरेको पोखरा विमानस्थल कार्यालयले जनाएकाे हाे ।

विमान सामान्य अवस्थामै अवतरण गरेको कार्यालयले जनाएकाे छ । विमानमा समस्या हुँदा नजिकको विमानस्थलमा त्यो जहाजलाई प्राथमिकतामा राखेर अवतरण गराइने गरिन्छ ।

-फाइल तस्बिर । 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१