
जापान । गलकोट समाज जापानको क्षेत्रीय समिति कान्तोको छैठौँ अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले आगामी कार्यकाल २०२२-२०२४ को लागि कान्तोमा राजु बस्नेतलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेकाे छ ।
‘हाम्रो गाउँ-हाम्रो ठाउँ, हातेमालो गरि समृद्ध बनाऔँ’ भन्ने मान्यताकासाथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्तोको छैठौँ अधिवेशन मंगलबार जापानको टोकियोस्थित शिन ओकुबोमा सम्पन्न भएकाे हाे ।
अधिवेशनबाट उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे(मित्र), इश्वर बस्नेत र गगन खत्री (झकास)लेखा संयोजकमा हिमाल कंडेल, सचिवमा दिपक सुबेदी(विप्लव) सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोमा बुढाथोकी, सह कोषाध्यक्षमा सुरज केसी र गोविन्द खड्का निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा सुनिल भण्डारी, राजु सुवेदी, चतुर्भुज सापकोटा र जगन्नाथ खरेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक रत्नसिंह बस्नेतले बताए ।
कान्तो क्षेत्रीय समितिको अधिवेशनको उद्गघाटन सत्रमा प्रमुख अतिथिको रूपमा रहेका समाजका संरक्षक दिलु खत्रीले संस्थालाई आर्थिक रूपमा पारदर्शी रूपमा संचालन गर्नका लागि आग्रह गरेका थिए ।
अधिवेशन मा टोकियो वरिपरी रहेका गलकोटेको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै बोल्ने अधिकांश वक्ताहरूले समाजले जापानमा रहेका नेपाली समुदायमा अग्रणी भूमिका निर्वाह गर्दै आएकोमा खुशी व्यक्त गरे । उनीहरुले समाजको उक्त छविलाई क़ायम राख्नका लागि संस्थागत रूपमा संचालित गरिनुपर्नेमा जोड दिएका थिए ।
यसरी बोल्नेहरूमा समाजका महासचिव नवीन निउरे सचिव लक्ष्मण कार्की, कोषाध्यक्ष डिलाराम गैरे, केन्द्रिय सदस्य खगराज गौतम, जीवन गैरे, सल्लाहकार रामकृष्ण बम मल्ल, विजय भण्डारी, बाबुराम सापकोटा, निम खड्का लगायत रहेका थिए ।
अधिवेशनमा समितिको वार्षिक प्रगति प्रतिवेदन सचिव दिनेश थापाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इश्वर बस्नेतले प्रस्तुत गरेका थिए । उद्घाटन सत्रको कार्यक्रमको अध्यक्षता रमेश खत्री, सञ्चालन दिनेश थापा र स्वागत दुर्गाबहादुर खत्रीले गरेका गरेका थिए भने घोषणा सभाको कार्यक्रम निर्वाचन समितिका सदस्य महेन्द्र साहनीले सञ्चालन गरेका थिए ।