अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

अछाम । अछाममा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ ।

बिहीबार राति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

कुटपिटबाट श्रीमतीको ज्यान गएपछि पहेलु विक फरार रहेका र उनको खोजी भइरहेको प्रहरी जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१