मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक, अब तीन दिन लगातारजसाे पानी पर्ने सम्भावना

काठमाडाैं । अबको तीन दिन धेरै ठाउँमा पानी पर्ने भएकाले सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाका माैसमविद्ले आग्रह गरेका छन् ।

आइतबार, साेमबार र मंगलबार धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ । महाशाखाले जारी गरेकाे बुलेटिन अनुसार आइतबार दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

यस्तै, राति प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशभरको मौसम बदली भइ पानी पर्न लागेको हो । वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१