६२० जना कोरोना संक्रमित थपिए, एक जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप ६२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

५ हजार ८४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । २ हजार ६५१ जनाको पिसिआर र तीन हजार १९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा एक जनाको मृत्यु भएको छ । २९७ जना संक्रमित निको भएका छन् ।

अहिले देशभर ४ हजार ५६७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।

यस्तै, ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१