रोनाल्डो सम्मिलित युनाइटेड बराबरीमा रोकियो

काठमाडौं  । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा क्रीस्टियानो रोनाल्डो सम्मीलित म्यानचेस्टर युनाईटेड आइतबार राति स्पेनिस क्लब रायो भालेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा १-० को अग्रता जोगाउन नसक्दा बराबर खेल्न बाध्य भयो ।

खेलको ४८ औं मिनेटमा अमाद डियालोले गोल गर्दै अग्रता दिलाए । तर, खेलको ५७ औं मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै युनाईटेडको प्रि-सिजन तयारी सकिएको छ । क्लब छाड्ने मन गरेको रोनाल्डो भने अन्तिम खेलमा उपलब्ध भएका थिए । क्लबको कमजोर प्रदर्शनसंगै रोनाल्डो युनाइटेड छोड्ने मनसायमा थिए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१