धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड, कारबाहीको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ । सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेको समूहले आइतबार कार्यकक्षमा तोडफोड गरेका हुन् ।

धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताको निशानामा साम्पाङ परेका हुन् ।

घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन् ।

‘म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ! अब यसरी पिडितले न्याय पाउँलान् त?’ साम्पाङले लेखेका छन् ।

उनले तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१