
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छेन ।
यसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।