थपिए ५ सय ५३ जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा थप ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ४० पीसीआर परिक्षणका क्रममा ४ सय ५१ जना र १ हजार ७ सय ४९ एन्टीजेन परिक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ४ सय ९७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ५९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१