संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत

संखुवासभा । संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशाेरी बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१