चितवनमा श्रीमतीले अचानो प्रहार गर्दा श्रीमानको मृत्यु

काठमाडौं । चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो ।

उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो ।

श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१