नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न हुँदैन : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न नहुने बताएका छन् ।

जापान भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्छ जस्तो आफूलाई नलागेको र ढिला पनि गर्न नहुने बताए । त्यस्तै, प्रचण्डले पार्टी पदाधिकारी पनि छिटै टुङ्गाउने जिकिर गरे ।

उनले आफ्नो चीन भ्रमणका विषयमा पनि छलफल भइरहको जानकारी दिए । प्रचण्डले जापान भ्रमणका क्रममा नेपाली समुदायसँग विशेष अन्तक्रिया बहस कार्यक्रम गरेको र जापानमा भएका नेपालीहरु धेरै खुसी भएको पाएको बताए ।

त्यस्तै, उनले जापानको संसद भवनको अवलोकन गरेको र सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेतासँग छलफल गरेको र दुईपक्षीय सम्बन्धमा बारेमा चर्चा भएको जानकारी दिए ।

उनले नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको धारणा पनि राखे ।

प्रचण्ड साउन २१ गते नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापान गएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१