ताइवानमा फेरि चिनियाँ सेनाको सैन्य अभ्यास

ताइपेई । चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास गरेको छ ।

अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवानकी राष्ट्रपतिलाई भेट्ने तयारी गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो ।

एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा पनि चीनले यस्तै अभ्यास गरेको थियो ।

म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई इङ वेनसँग सोमबार भेटघाट गर्ने कार्यक्रम छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१