
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता विधेयक रोकेर संर्वदलीय बैठक बोलाउन माग गरेको छ ।
प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नागरिकता विधेयक रोकर सर्वदलीय बैठक बोलाउन माग गरिएको एमालेका एक सांसदले जानकारी दिए ।
तर, सत्तापक्षका सांसदहरुले भने अहिले नै पारित गरेर अघि बढ्ने बताएको उनले जानकारी दिए ।
सर्वदलीय बैठक बोलाएर छलफल गर्दापनि सहमति नजुटेको अवस्थामा समितिमा पठाएर छलफल हुनपर्ने एमालेको माग छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले गत साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए ।
राष्ट्रपति भण्डारीले साउन २९ गते आइतबार संसद्मै फिर्ता गरिदिएकी थिइन् ।