
काठमाडाैं । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ ।
एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएपछि उनी विवादमा परेकाे बीबीसीले उल्लेख गरेकाे छ ।
लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ ।
विपक्षी नेताहरूले मरिनले लागुपदार्थ सेवन गरे/नगरेको परीक्षण गर्नुपर्ने माग गरेका छन् । उनले भिडिओ लिक भए पनि आफूले जीवनशैली परिवर्तन नगर्ने बताएकी छन् । ‘म जस्ती थिएँ, त्यस्तै भएर बाँच्छु,’ उनले भनेकी छन् ।
मरिन सन् २०१९ मा ३४ वर्षकाे उमेरमा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन् ।