बैतडीमा एक जोडी युवायुवती एउटै रुखमा झुण्डिएको अवस्थामा फेला

बैतडी । बैतडीमा एक जोडी युवायुवती मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा सिगास गाउँपालिका-५ का २१ वर्षीय केशव दमाई र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए ।

उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। मृतक दुवै जना अविवाहित रहेको र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१