
काठमाडाैं । कुमारी आमा भनेर चिनिने निहारिका राजपुतले आफ्नो निजी तस्बिरहरु विना अनुमति सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको भन्दै नायिका करिश्मा मानन्धरविरुद्ध उजुरी दिने भएकी छन् ।
उनी करिश्मामाथि साइबर क्राइमको मुद्दा हाल्ने तयारीमा रहेकाे बताइएकाे छ ।
करिश्माले आफ्नो चरित्र हत्या गरेको उनले बताइन् । यस्तै, आफू अनशन बसेको बेलामा करिश्माले सहयोग स्वरुप दिएको २० हजार रुपैयाँसमेत आजै फिर्ता गर्ने उनले बताइन् ।
आफू १७ वर्षको हुँदा शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसैबाट जन्मेको छोरा २३ महिनाको भइसक्दासमेत न्याय नपाएपछि उनी न्यायका लागि निरन्तर लडिरहेकी छन् ।