
काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चटयाङसहित भारी वर्षा हुनेछ ।
भारी वर्षाको सम्भावना रहेका ती प्रदेशका भू–भागमा भूक्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको पनि महाशाखाले जनाएको छ।
महाशाखाले नदीनाला तथा खहरे खोलामा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।