अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन मेयर बालेन साहलाई सर्वोच्चको आदेश

कठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ७ दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।

भदौ ५ गते बालेनले मुद्दाको पेसी नआएकोप्रति व्यंग्य गरेका थिए । उनले सामाजिक सञ्जालमा अदालतलको ढिलासुस्तीलाई कटाक्ष गर्दै आफ्नो फोटो एडिट गरेर वृद्धजस्तो देखिने बनाइ त्यसमा ‘नर्भिकको पेसी पर्खँदै’ लेखेर सेयर गरेका थिए ।

‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि !’, उनले लेखेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१