
राैतहट । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका-३ मलाही टोलकाे खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकाे ३९ वर्षीय सुदनीया देवी, ७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएकाे छ । मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारका हुन् ।
खेतमा काम गर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर एउटै गाउँमा एकैपटक तीन जनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ ।