पल शाहको मुद्धाको पेशी आज

पोखरा । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ ।

नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो ।

अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।

उनका अनुसार मुद्धाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसाला आउन सक्नेछ ।

गत ३० चैत देखि थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला कारागारमा छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१