
काठमाडौं । नेकपा एमालेसँग आवद्ध साइबर सर्कलले प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको कपोलकल्पित भिडियो सामाजिक सञ्जालमा फैलाउनेलाई कारबाही गर्न माग गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोसमक्ष निवेदन लेखेर साइबर सर्कलले कारबाहीको माग गरेको हो ।
मंगलबार सामाजिक सञ्जालमा एसपी रेग्मी र केशव थुलुङको फेसबुकबाट उक्त कपोलकल्पित भिडियो शेयर भएको थियो । भिडिओमा देखिएका अन्य मानिस महेश बस्नेत भएकाे दाबीसहित उनलाई कुटपिट गरिएकाे क्याप्सन लेखिएकाे थियाे ।
साइबर सर्कलले भिडिओ शेयर गर्नेहरुले राजनीतिक रुपमा समाजमा भ्रम फैलाउने, दुस्प्रचार गर्ने तथा एक राजनीतिज्ञको चरित्र हत्या गरेको भन्दै पक्राउ गर्न माग गरेको हो ।