पठाओले पनि बाइक/स्कुटरमा राखिएका मोबाइल ‘स्ट्यान्ड’ हटाउने

काठमाडाैं । ट्राफिक प्रहरीले मोटरसाइकल र स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ ।

ट्राफिक प्रहरीले नेपाल सरकारको प्रचलित कानुनअनुसार निर्माण भइसकेको मोटरसाइकल वा स्कुटरमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरूप परिवर्तनअन्तर्गत पर्ने भन्दै मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ ।

ट्राफिकको निर्देशनअनुसार सबैभन्दा ठूलो राइड शेयरिङ कम्पनी पठाओले पनि आफ्ना चालकलाई मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ ।

तर कतिपय राइडर र फुडम्यान साथीहरूले मोबाइल स्ट्यान्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनेर गुनासो गरिरहेका पठाओले जनाएको छ ।

पठाओले भनेको छ,‘हामी हाम्रा अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१