
उदयपुर । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ ।
बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ परेकाे पनि प्रहरीले जनाएकाे छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । यसबारे थप विस्तृत विवरण आउन बाँकी छ ।