कति छन् नेपालमा सक्रिय कोरोना संक्रमित ?

काठमाडाैं । नेपालमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय १६ जना र १ हजार ६ सय ९४ पिसिआर परिक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप २ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१