
काठमाडौं । ई.ओ.एल. प्रा.लिले नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यस वर्षको दशैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । नेपालमा भान्सा उपकरणहरूका बजारमा ग्राहक वर्गले असाध्यै रुचाएको एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “दशैं तिहार मनाऔँ, खुशीमा रमाऔँ” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सी. जी. ब्रान्डको इलेक्ट्रिक केट्टल उपहार स्वरूप प्रदान गरिएको छ ।
यो ग्राहक योजना भाद्र १३ गतेदेखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ । एलिकाले आफ्ना मूल्यवान ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो ।
एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ ।
कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् । ३८ सय कर्मचारीहरूले हरेक वर्ष २०.७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्दछन् । एलिकाको खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ ।
एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ ।