दशैँ–तिहारमा Skyworth को ‘क्यासब्याक दनादन, उपहार टनाटन’

काठमाडौं । के.एल.दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दशैँ–तिहारको अवसरमा Skyworth होम अप्लायन्समा ‘Skyworth क्यासब्याक दनादन, उपहार टनाटन’ सार्वजनिक गरेको छ ।

यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले Skyworth होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

विगत ५ वर्षदेखि Skyworth ले नेपाली बजारमा निकै लोकप्रियता कमाइरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाइ बन्दै आइरहेको छ । Skyworth होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।

Skyworth ले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझ विशेष बनाउन सक्नेछन् भन्ने Skyworth को विश्वास छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१