
काठमाडौं । सामाजिक सञ्जालमा कडा टिप्पणी गर्ने पुण्य गौतमलाई नेकपा एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् ।
उनी यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा थिए । केही महिना अघि मात्रै उनी एमालेमा फर्किएका थिए ।