
काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध लागेको महाभियोगबारे सोधिएका ४३ वटै प्रश्नको जवाफ दिएका छन् ।
मंगलबार पाँचौँ दिनको बयानका क्रममा उनले यसअघि बाँकी रहेका ८ वटा प्रश्नको जवाफ दिएपछि उनकाे बयान सकिएको हो ।
चोलेन्द्रको बयान सकिएपछि अब उनीबारे थप निर्णय लिन प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक बुधबार बिहान ९ बजे बस्ने भएको छ ।
कांग्रेस सांसद मीन विश्वकर्माका अनुसार भोलिको बैठकले चोलेन्द्रसँग पूरक प्रश्न सोध्ने नसोध्ने, प्रतिवेदन लेखनसहितका विषयमा निर्णय लिनेछ ।