
धनगढी। धनगढी विमानस्थलको रनवेमा स्याल प्रवेश गरेको छ । जसमा कारण सौर्य एयरलाइन्सको जहाज अवतरणमा केही बेर ढिलाइ भएको छ ।
काठमाडौंबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो ।
जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको जानकारी दिए ।