पहिरोको क्षतीबारे अछामका दुई सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । अविरल वर्षापछिकाे पहिरोको क्षतीबारे अछामका दुई सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद डा. भीम रावल र यज्ञबहादुर बोगटीले शनिबारकाे प्रतिनिधिसभा बैठकको शुन्य समयमा अछाममा गएकाे पहिराेबारे सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।

सांसद रावलले बिहानै गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिवलाई घटनाबारे जानकारी गराएको जनाएका छन् । उनले राहत, उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका छन् ।

यस्तै, अर्का सांसद बोगटीले मृतकलाई क्षतीपूर्ति, घाइतेको उद्धार तथा उपचार र बेपत्ताको खोजबिनका लागि आग्रह गरेका छन् ।

तीनदिनदेखि परेको अविरल बर्षापछि गएराती अछामका विभिन्न ठाउँमा पहिरो जाँदा हालसम्म १७ जनाको ज्यान गइसकेको छ, भने अझै ६ जना बेपत्ता भएकाे बताइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१