संसद विघटनकाे बचाउ गर्दै ओलीले भने- आज छुटिने दिनमा किन कठोर बाेल्नु ?

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको बचाउ गरेका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले संसद विघटनको बचाउ गरेका हुन् ।

‘फेरि चुनाव घाेषणा भएकाे छ’ ओलीले देउवालाई सोधे, ‘तपाईं प्रतिगमन गर्दै हुनुुहुन्छ ?’ उनले भने, ‘आजबाट अन्त्य हुँदैछ भनेपछि तपाई प्रतिगमन गर्दै हुनुहन्छ। यसको अर्थ त्यही हो ।’

उनले आज छुटिने दिनमा कठोर शब्द नबोल्ने भन्दै प्रधानमन्त्री देउवाले नै यो विषय झिकेको कारणले स्पष्टिकरण दिएको बताए । ओलीले भने, ‘आज छुटिने दिनमा किन कठोर बोल्नुछ र ? यसो बाटो बिराइएला भनेर मात्र भनेको हुँ ।’

ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने पनि बताए ।

यसअघि स्थानीय तह निर्वाचनमा सरकारले शक्तिको दुरुपयोग गरेको ओलीले आरोप लगाए । उनले भने, ‘गएको स्थानीय तह निर्वाचनमा सत्तापक्षीय भूमिका, सत्ताको दुरुपयोग, अनेक प्रकारले सत्ताको दुरुपयोग जस्ता कुराहरु नराम्ररी प्रकट भए, प्रहरी प्रशासन, राज्य संयन्त्रको विभिन्न ढंगले दुरुपयोग गर्ने काम भए ।’

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७