२४ घण्टामा ६३ जना संक्रमित थपिए, कति छन् देशभर काेराेना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण देखिएकाे छ ।

एक हजार ५७४ पीसीआर परीक्षणमा ३५ जना र दुई हजार १६६ एन्टिजेन परीक्षणमा २८ जना गरी ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३१ रहेको छ भने कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ९६६ रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१