सुकेशसँग विवाह गर्ने याेजनामा थिइन् ज्याकलिन

एजेन्सी । सुकेश चन्द्रशेखरसँग सम्बन्धित २ सय करोड मुद्रा अपचलन मुद्दामा भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजको समस्या झन् बढ्दै गएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले ज्याकलिनसँग बुधबार ८ घण्टासम्म सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा ज्याकलिन फर्नान्डिज मुद्रा अपचलन प्रकरणमा प्रत्यक्ष संलग्न नभएको खुलासा भएको थियो । साथै, ज्याकलिन सुकेशसँग विवाह गर्ने योजनामा ​​रहेको पनि खुलासा भएको छ ।

उनले सुकेशलाई आफ्नो सपनाको राजकुमार भनेर सम्बोधन समेत गर्ने गरेकी थिइन् । सुकेशको आपराधिक इतिहास थाहा पाएर पनि सम्बन्ध नतोड्दा ज्याकलिन ठूलो समस्यामा पर्न सक्ने आर्थिक अपराध महाशाखाका प्रहरी विशेष आयुक्तले बताएका छन् ।

दिल्लीको आर्थिक अपराध शाखाले ज्याकलिन फर्नान्डेजका म्यानेजर प्रशान्तबाट ८ लाख भारतीय रुपैयाँको बाइक पनि बरामद गरेको छ । यो बाइक सुकेशले ज्याकलिनका म्यानेजरलाई उपहार दिएका थिए ।

सुकेशले फोर्टिस हेल्थकेयरका पूर्वप्रमोटर शिवेन्द्र मोहन सिंहकी श्रीमती अदिति सिंहलगायत उच्च व्यक्तित्वहरूसहित धेरै मानिसहरूलाई ठगी गरेको आरोप पनि लागेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७