माइडियाको दशैँ तिहार अफर, खरिद गर्नुहाेस् उपहार जित्नुहाेस्

काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीाहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालिको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ ।

नेपालमा घरायसी सामाग्रीाहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको माइडिया ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै ‘माइडियाको शुभकामना सरल र सुखी जीवनलाई’ भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत माइडियाको ६ र ७ केजी वासिङ्ग मेसिनको खरिदमा ६ केजी प्याक सर्फ एक्सेल वा एरिअल, ८ केजी भन्दा माथि का वासिङ्ग मेसिन को खरिद मा माइडियाको राईस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकर साथै हरेक खरिदमा खाली हात नजाने क्यासब्याक रहेको छ । ३४,३०० रुपैयाँसम्मको क्यासब्याक रहेको कम्पनीले जनाएको छ । यो ग्राहक योजना भदाै १५ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ ।

माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो । माइडिया ग्रुप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भयो । माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरूभन्दा बाहिर छ जसमध्ये एच.भि.ए.सि., रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आई.ओ.टि, साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ ।

माइडिया ग्रुपका सबै व्यवसायहरुको एउटै क्रेडो #Humanizing Technology को लागि प्रयासरत छ । नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१