
काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका सैलुनहरूले दिने विभिन्न सेवाको शुल्क बढाएको छ ।
जसअनुसार अब सामान्य कपाल काटेको शुल्क २०० रूपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि कपाल काटेको १५० रूपैयाँ शुल्क रहेकोमा एकैपटक ५० रूपैयाँ बढाइएको हो ।
यस्तै, दारी काटेको पनि १५० देखि २०० पुर्याइएको छ । सूचीअनुसार सामान्यरूपमा दारी काटेको १२० र विशेषरूपमा काटेको २०० तिर्नुपर्ने छ ।
दारी डिजाइनिङ गर्दा १५० देखि २५० रूपैयाँ शुल्क तोकिएको छ ।
सूचीअनुसार सबैभन्दा महँगो मूल्य चाहिँ कपाल डेडलक गर्दा लाग्छ । यसका लागि १२ हजारदेखि २५ हजार रूपैयाँ लाग्ने सूचीमा उल्लेख छ ।
यस्तै, कपाल कर्ली गरेको ३५ सयदेखि ७ हजार रुपैयाँ तिर्नुपर्छ । टाउको मसाज गरेको चाहिँ २०० रूपैयाँ लिइनेछ ।