रहेनन् हास्य कलाकार राजु श्रीवास्तव , ५८ वर्षको उमेरमा निधन

काठमाडाैं । भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार दिल्लीको एम्स अस्पतालमा निधन भएको छ ।

उनलाई भदौ १० गते हृदयघात भएको थियो । त्यसयता उनलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो । लामो समय भेन्टिलेटरमा रहेका राजुले २१ सेप्टेम्बरमा उनले अन्तिम सास फेरेकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।

श्रीवास्तव ट्रेड मिलमा दौडिरहेका बेला छातीमा दुखाई हुँदा ढलेका थिए । परिवारका सदस्य उनको स्वास्थ्य सुधारको पर्खाइमा थिए तर त्यसो भएन ।

श्रीवास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष थिए । उनले ‘मैने प्यार किया’, ‘बाजीगर’ र ‘आमदानी अथनी खर्खा रुपैयाँ’ जस्ता चलचित्रमा पनि साना भूमिका खेलेका थिए ।

श्रीवास्तव सन् २००५ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ मा सहभागी भएर चर्चामा आएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१