महानगरद्वारा आज असन क्षेत्रका अवैध संरचना भत्काउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

महानगरको अल्टिमेटम अटेर गर्ने व्यवसायीले बनाएका अवैध संरचना भत्काउन सुरु गरिएको हो ।

बिहानदेखि असन क्षेत्रका अवैध संरचना भत्काउन सुरु गरिएको महानगरका नगरप्रहरी एसपी दिनेश अर्यालले जानकारी दिए ।

महानगरले गत भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान चलाइरहेकाे छ ।

–फाइल तस्बिर । 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१