थप ८१ जनामा कोरोना संक्रमण, १ सय ७५ संक्रमित निको

काठमाडाैं । नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९७ पिसिआर परिक्षणका क्रममा ३९ जना र २ हजार ३ सय ५० एन्टीजेन परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १ सय ७५ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार ४ सय ८३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१