काठमाडाैंकाे कपनमा भीषण आगलागी

काठमाडौं । कपनको राम मन्दिर नजिकै भीषण आगलागी भएको छ ।

ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । त्यो विस्फोट ट्रेकिङ्गमा प्रयोग गरिने सिलिण्डरको हुन सक्ने अनुमान गरिएकाे छ ।

आगलागी भएको जानकारी आएपछि काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१