काठमाडाैंकाे कपनमा आगलागी हुँदा तीन जनाकाे मृत्यु

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीमा परी तीन जनाको मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।

कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् ।

उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१