
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि सञ्चालनमा रहेका फार्मेसीमा डोजर चलाएको छ ।
अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।
फार्मेसी सञ्चालन भएका ठाउँ पार्क बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको हाे ।
वीर अस्पतालले नक्सा पास गर्दा पार्क बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो । अब यो ठाउँमा बगैंचा निर्माण हुनेछ ।
-फाइल तस्बिर ।