अनामनगर क्षेत्रका अवैध टहरामा काठमाडौं महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार अनामनगरको अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काउने भएको छ ।

यसका लागि डोजर र आवश्यक जनशक्तिसहितको टोली पुगिसकेको छ ।

उक्त क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा निर्माण गरेको पाइएको र सम्भवतः आज नै भत्काइने नगर प्रहरीले जनाएकाे छ ।

महानगरले पछिल्लो समय अवैध संरचना भत्काउने अभियान निरन्तर जारी राखेको छ ।

-फाइल तस्बिर । 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१