
काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य बिहीबारकाे तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढी हाे । बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको थियो ।
बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।