नेपाल मेडिसिटी बयोधा हस्पिटलले विश्व मुटु दिवस मनाउदै

काठमाडौ ।  नेपाल मेडिसिटी बयोधा हस्पिटलले विश्व मुटु दिवस मनाउने भएको छ । आगामी २९ सेप्टेम्बर बिहिबारका दिन विश्व मुटु दिवस भब्य रुपमा मनाउने तय गरिएको हस्पिटलले जनाएको छ ।

दिवसको पुर्वसन्ध्यामा हस्पिटलले आज बीरगंजमा रहेको घडिअर्वा पोखरीमा २ सय ५० जनाको मुटु परीक्षण गरेको छ । दिवसको अवसरमा आजदेखि ४ दिन सम्म निरन्तर रुपमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

मानिसहरुको जीवनशैली, खानपान तथा ब्यस्तताका कारणबाट मुुटु सम्बन्धी समस्याहरु बढीरहेकोले आफूले जनचेतना अभिबृद्धिका लागि मुटु परीक्षण गरिरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए ।

आज अडिअर्वा पोखरी र भोलि देखि गहवा माईस्थानमा विहान ६ बजे देखि आम सर्वसाधारणहरुको मुटुरोग परीक्षण गरिने र कसैलाई मुटुमा समस्या देखिएमा थप उपचारका लागि मुटुरोग विशेषज्ञहरुलाई परामर्श दिने समेत कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रममा नेपाल मेडिसिटी बयोधा हस्पिटलकी मुटुरोग विशेषज्ञ डा. राधा भट्टराईले यस वर्ष आफूहरुले बीरगंजका सर्वसाधारणहरुको मुटुको अवस्थाका बारेमा जानकारी लिने, बालबालिकाहरुमा देखिने मुटुको बाथरोगको परीक्षण गर्ने, बीरगंजमा मुटु रोगका अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्ने लगायतका योजना रहेकोले सबै सर्वसाधारणहरुले मुटु परीक्षण कार्यक्रममा सरिक हुनुपर्ने बताए ।

हस्पिटलले आगामी २९ सेप्टेम्बर २०२२ विहान ६ बजे बीरगंजको घन्टाघर देखि नेपाल मेडिसिटी बयोधा हस्पिटल सम्म म्याराथुन र सोही समयमा घन्टाघर देखि नारायणी उपक्षेत्रीय अस्पताल सम्म वाकाथनको कार्यक्रम रहेको विश्व मुटु दिवस कार्यक्रमका संयोजक जितेश दासले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१