पाकिस्तानमा सेनाकाे हेलिकप्टर दुर्घटना, २ मेजरसहित ६ जनाकाे मृत्यु

पाकिस्तान । पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा दुई पाइलटसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ ।

मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील, सुबेदार अब्दुल वहीद र सिपाही शोएबऔर मुहम्मद रहेका छन् ।

केही समयअघि बलुचिस्तानमा नै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा लेफ्टिनेन्ट जेनरल सरफराज अलीसहित ६ जनाको मृत्यु भएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१