
काठमाडौं । मनास्लु हिमाल आरोहणका क्रमभा सोमबार बिहान गएको हिम पहिरोमा परेर हराइरहेका सबै १० जनाको सकुशल उद्धार भएको छ।
गोरखा प्रहरी प्रमुख केदार खनालले उद्धार गरिएकामध्ये ६ जनाको उपचारका लागि काठमाडौं पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको बताए ।
पहिरोमा ज्यान गुमाएका एक जनाको भने शव ल्याउने काम भइरहेको उनले जानकारी दिए ।
यसपटक मनास्लु हिमाल आरोहणका लागि ३ सय ५० जनाभन्दा बढी स्वीकृती लिएर त्यहाँ पुगेका थिए । खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको थियो ।
-तस्बिर : मिङ्मा शेर्पा ।