
काठमाडाैं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२’ दिइने भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य सेवा पुरस्कार दिन लागेको हो ।
डा.पुनले एसोसिएसनबाट ११ सय डलरको पुरस्कार पाउने भएका हुन् । डा. पुनले प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको योगदानको प्रशंशा गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको एसोसिएसनले जनाएको छ ।